बढ्यो पेट्रोलियम पदार्थको मुल्य, खाना पकाउने ग्यासमा २३५ रुपैयाँ वृद्धि

गन्थन संवाददाता, पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढाएको हो ।

 

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एल पि ग्यास प्रति सिलिन्डर २३५ रुपैयाँको दरले बढाएको निगमले जनाएको छ ।

 

योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ ।

त्यस्तै यसअघि १६६० रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १८९५ रुपैयाँ पुगेको छ ।

कमेन्टहरु
Loading...