पोखरामा जुवाखालबाट मुस्ताङ घरपझोङ अध्यक्षसहित ७ जना पक्राउ

जुवाखालबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद

पोखरा । पोखरा सिर्जनाचोकको एक होटलबाट जुवा खेलिरहेका ७ जना प्रहरीले फक्राउ गरेको छ । जुवाखालबाट प्रकाउ परेका ७ जना मध्ये एकजना मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन रहेको खुल्न आएको छ ।

उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

पक्राउ पर्नेमा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंङ लालचनसँगै, घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् ।

जुवाखालबाट प्रकाउ परेका सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...