नेपाल महिला संघ पोखरा नगर सभापतिमा अम्बिका ढुङ्गाना

पोखरा । नेपाली कांग्रेस निकट नेपाल महिला संघको पोखरा नगर सभापतिमा अम्बिका ढुङ्गाना चयन भएकी छिन् । बाँकी सदस्यहरुको भने संघले पछि मनोनयन गर्नेछ ।

सांगठनिक सुदृढिकरणमा पु¥याएको योगदानको कदर गर्दै नेपाल महिला संघको विधान, २०५८ को धारा ३८ र ४१ अनुसार सभापति पदमा मनोनित गरिएको पत्रमा उल्लेख छ ।

नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डेले हस्ताक्षर गरी दिइएको पत्रमा नगर सभापतिमा ढुङ्गानालाई संघको सांगठनिक सुदृढिकरणमा पु¥याएको योगदानको उच्च कदर गर्दै जिम्मेवारी सुम्पिएको उल्लेख छ ।

नयाँ जिम्मेवारी सम्हाल्दै सभापति ढुङ्गानाले वर्तमान अवस्थामा राजनीतिप्रति बढ्दो वितृष्णालाई मेटाउन हरेक घरका महिलाहरुलाई जागरुक र सचेत बनाउने अभियानमा खटिने र पार्टीको आवश्यकता अनुसार हरेक जिम्मेवारी र भूमिका निर्वाह गर्न पछि नपर्ने बताईन् ।

सभापति ढुङ्गानाले भनिन्–‘हिजो प्रजातन्त्र स्थापनाको एजेण्डामा होस् वा आज लोकतन्त्रको रक्षाका खातिर होस्, नेपाल महिला संघको योगदान अतुलनीय र ऐतिहासिक छ । यसको गरिमालाई उच्च राख्ने गरी संगठनप्रति वफादार भएर अघि बढ्नेछु ।’

कमेन्टहरु
Loading...