पर्यटकको आकर्षण बन्दै पोखराको रोला झरना

पोखरा । पोखरा महानगरपालिका वडा नं. २८ स्थित माझठानाको रोला झरनामा यतिखेर आन्तरिक पर्यटकको आकर्षण बढेको छ । जंगलको बीच भागमा रहेको मनोरम झरनामा रमाउने पर्यटकको चहलपहल बढेको हो ।

चट्टानलाई छिचोल्दै निस्किएको कञ्चन पानी सहितको सितलता प्रदान गर्ने प्राकृतिको उपहार स्वर्गिय आनन्दको अनुभूति लिन सकिने सो झरनामा बिशेष गरि युवा वर्गको आकर्षण वढेको छ ।
माछा पार्ने जाल हाने जस्तै गरि ६५ मिटर माथिबाट पैmलिएको झरनाको दृष्यावलोक गर्ने, रहमा पौडी खेलेर रमाउने र सितलताको अनुभूति गर्ने पर्यटकको दैनिक भिड लाग्ने गरेको स्थानीय सूर्यमोहन बास्तोलाले जानकारी दिए ।

उनका अनुसार सुगमस्थान एवम् प्रचुर सम्भावना रहेर पनि झरना पछि परेको अवस्थालाई दृष्टिगत गर्दै यसको संरक्षण र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय पहल महत्वपूर्ण बनेको छ ।
यसअघि २०७३ सालमा स्थानीय पहलमा नेटादेखि झरनासम्म पुग्ने मोटर बाटो निर्माण गरिएसंगै रोला झरना प्रचारप्रसारमा आएको हो उनले भने, यतिखेर दैनिक ५०० देखि एक हजार ५०० जनासम्म आन्तरिक पर्यटक आउने गरेका छन् । विशेष गरि प्रत्येक हप्ताको शनिवार झरनामा रमाउनेको बढी भिड लाग्ने गरेको छ ।

“झरनासम्म पुग्न कच्ची मोटर बाटो निर्माण भएसंगै विगतका बर्षहरुमा ट्रिप लङ प्रालिले सहासिक खेल क्यानोनिङ सञ्चालन गर्दा थप आकर्षण बढेको थियो” उनले भने, “दुई बर्ष यता क्यानोनिङ सञ्चालन भएको छैन, झरनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नु अपरिहार्य छ ।”

झरनामा रमाउन पुग्ने पर्यटकलाई तात्कालीन सुविधा पु¥याउने लक्षयका साथ पोखरा महानगरपालिका वडा नं. २८ द्वारा दुई बर्षअघि चेन्जिङरुम र शौचालय निर्माण गरेको छ ।

लायन्स क्लव अफ पोखराको ६२ हजार र नेपाल लायन्स फाउण्डेशनको ५० हजार गरि कूल एक लाख १२ हजारको लागतमा रोला झरनामा ट्रष्ट प्रतिक्षालय निर्माण गरिएको लायन्स इन्टरनेशनल डिष्टिक ३२र्५ के’ का जोन चियरपर्सन भोला ओझाले जानकारी दिए ।

सो झरनाको ५०।६० मिटरको फरकमा पूर्वउत्तरमा अर्को ढोडेली झरना रहेको छ भने सो पानी एकिकृत भएर केही तल्लो भागमा निलिरह जुम्ल्याहा झरना रहेको छन् ।

कास्की निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य मन बहादुर गुरुङ सहितको एक टोलिले उक्त झरनाहरुको स्थलगत अध्ययन अवलोकन गरि प्राकृतिक श्रोतको भरपुर उपयोग गरि स्थानीय वासिन्दाको आयआर्जनमा सहयोग पुग्नेमा जोड दिएको छ ।

सांसद गुरुङले पर्यटकीय नगरि पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यकारुपमा विकास गर्नका लागि गुरुयोजना निर्माण गरेर आवश्यक भौतिक संरचना निर्माणमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याए ।

झरनासम्म बाटोको सुविधा, पानी पर्दा ओत बस्ने ठाउँ, चेन्जिङरुम, शौचालय जस्ता अत्यावश्यक भौतिक संरचना तयार गरेर आगन्तुक आन्तरिक एवम् वाह्रय पर्यटकलाई सुविधा पु¥याउनु तत्काल पहल गरिने प्रतिवद्धता उनको थियो ।

स्थानीय हरिप्रसाद बास्तोलाका अनुसार वेगनासतालको जलाधार क्षेत्रको रुपमा रहेको स्याङखुदीदेखि चण्डीखोलाको निलिरहका झरनासम्म मोटर बाटो निर्माण गरि त्यस भन्दा लगभग एक सय मिटरमा अवस्थित रोला र ढोडेली झरनासम्म पैदलमार्ग निर्माण गरेर पर्यटकका लागि एक दिनको प्याकेज बनाएर पर्यटकको बसाई लम्व्याउन सकिन्छ ।

पृथ्वीराजमार्गको तालचोकदेखि बेगनासताल खण्डको शिशुवा तथा मोहोरीयाबाट वेगनासताल, खास्टेताल, मैदीताल, रुपाताललाई नियाल्दै लामास्वारा, स्याङखुदीबाट बास्तोला गाउँको नेटा हुँदै उक्त झरनासम्म पुग्न सकिन्छ ।

कमेन्टहरु
Loading...