पोखरा । पोखरा लेडी जेसीजले भवानी कालिका माध्यमिक विद्यालयमा स्टेश्नरी तथा आवश्यक सामाग्री वितरण गरेको छ ।
जेसीज सप्ताह अन्र्तगत सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको जेसीजले तेश्रो कार्यक्रम अन्र्तगत पोखरा –२६ विजयपुर स्थित भवानी कालिका मा।वि।मा आइतबार शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर २६ का वडाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरे । उनले विद्यालयमा अध्यनरत महबुब अन्सारीलाई शैक्षिक सामाग्री हस्तान्त्रण गर्दै कर्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत ६० जना बढी बालबालिकाहरुलाई स्टेश्नरीसहित विद्यालयका लागि आवश्यक सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक रिना पौडेलले जानकारी दिइन् ।
कार्यक्रममा निवर्तमान् गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनिया थापा, सदस्य कर्णबहादुर रानाभाट, शिक्षक अभिभावक संघका अध्यक्ष सुनिता चालिसे, विद्यालयका प्रध्यानाध्यापक रमेश भट्टराई, घारीपाटन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णकला केसी, समाजसेवी खिमबहादुर थापा लगायतले संस्थाले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुका साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
‘दिगो विकासका लागि असल नेतृत्व’ उद्घोषका साथ गत शुक्रबारबाट शुरु भएको सप्ताह अन्र्तगत साइबर व्यूरो सम्बन्धी तालिम र निःशूल्क स्वास्थ्य शिविर कार्यक्रम यसअघि नै सम्पन्न भइसकेको जेसीज सप्ताह मूल संयोजक एवं संस्थाकी कार्यकारिणी उपाध्यक्ष प्रमिला सुवेदीले जानकारी दिइन् । उनका अनुसार भोलि चौथो दिन पोखराको बगरस्थित स्वस्तीक हस्तकलामा महिलाहरुलाई लक्षित गर्दै तीनदिने सिपमुलक तालिम सञ्चालन गरिँदै छ ।
तीन दिनसम्म सञ्चालन हुने तालिमको रचना अधिकारी, सम्झना बस्नेत र करुणा पाण्डेले संयोजन गरिरहेको उनले बताइन् । उनका अनुसार सप्ताह हरेक दिन छुट्टै कार्यक्रम सहित यही साउन ३२ गतेसम्म सञ्चालन हुनेछ ।
संस्थाका अध्यक्ष लक्ष्मी कुँवर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक रिना पौडेल, आस्था पाठ सकुन पौडेल र सञ्चालन सचिव अनिता थापाले गरेकी थिइन् ।