रोट्रयाक्ट न्युरोड पोखराको अध्यक्षमा सुनिल पराजुली

पोखरा । रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराको ११औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोट्र्याक्ट डिष्ट्रिक्क ३२९२ अन्तर्गत आवद्ध क्लबले ११औं अध्यक्षकोरुपमा रोटा वर्ष २०२२/२३ का लागि सुनिल पराजुली चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि सहायक गभर्नर पूरन कुमारले आफु पनि रोटरीमा धेरै वर्षबाट लागेको र रोट्रयाक्टमा लागेको मान्छे कुनैपनि कुराले पछि नपर्ने बताए । साथै विशेष अतिथि रोटरी क्लब अफ पोखरा न्यूरोडका रामविक्रम अधिकारी युवाहरु सामाजिक कार्यमा लिप्त भएर लाग्नु आफैमा राम्रो काम भएको र आउने दिनमा आफ्नो साथ दिने उनले बताए ।

रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराले १० कार्यकाल पुरा गरेर हाल आफ्नो ११औं वर्ष सेवामा चलिरहेको छ। र अहिले ८० जना भन्दा बडी सक्रिय सदस्यहरूको साथमा अगाडी बढिरहेकाे छ । क्लबमा ५ जना नयाँ सदस्य पनि भित्र्याइएको छ । कार्यक्रमको समापन सत्रमा आफू पदस्थापित भइसकेपछि अध्यक्ष पराजुलीले १४ सदस्यसहितको बोर्ड अफ डिरेक्टरहरु चयन गरेका छन् ।

अध्यक्ष सुनिल पराजुलीको टिममा निवर्तमान अध्यक्ष उत्सव ढकाल, उपाध्यक्षमा श्रीनाथ वाग्ले र कुशल बराल, सचिवमा शिवानी छेत्री , कोषाध्यक्षमा भारत रानाभाट, सहसचिवमा बिनय लामिछाने, सहकोषाध्यक्षमा बिकाश सुनार, क्लब एड्मिनिस्ट्रेसन चियरमा विजय सुबेदी, सर्ज-एट-आम्समा सदिक्षा पोख्रेल, रोटरी फाउन्डेसन चियर र प्रोफेसनल डेभलपमेन्ट चियरमा आशिष पुरी, सर्भिस प्रोजेक्ट चियरमा आश्विन कार्की र पब्लिक ईमेज चियरमा शिव बराल रहेका छन् ।

कमेन्टहरु
Loading...