शालिक व्यवस्थापनको सर्वपक्षिय निर्णयमा कास्की काँग्रेसको कुनै संलग्नता नरहेको स्पष्टोक्ति

पोखरा । पोखरा महानगरपालिकाले आयोजना गरेको पोखराका मुख्य सडकहरुमा रहेका शालिक व्यवस्थापन तथा स्थानान्तरण गर्न सर्वदलीय निर्णय भनियता पनि नेपाली काँग्रेस कास्कीले एक विज्ञप्ती जारी गर्दै कास्की काँग्रेसको कुनै पनि किसिमको संलग्नता नरहेको जनाएको छ । आज नेपाली काँग्रेस जिल्ला कार्य समिति कास्कीले विज्ञप्ती जारी गर्दै शालिक व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनि पोखरा महानगरपालिकाबाट सार्वजनिक गरिएको सर्वपक्षीय निर्णयमा कास्की काँग्रेसको संलग्नता नरहेको स्पष्ट पारेको हो ।

 

कास्की काँग्रेसका सभापति किशोरदत्त बरालद्वारा हस्ताक्षरित जारी विज्ञप्ती यस्तो छः

पोखरा शहरका मुख्य सडकहरुमा रहेका शालिकहरुको व्यवस्थापन तथा स्थानान्तरण गर्नका लागि सर्वदलीय निर्णय भएको भनी पोखरा महानगर पालिकावाट मिति २०८०र४र२७ मा सार्वजनिक भएको अनुरोधका प्रति नेपाली कांग्रेस कास्कीको ध्यानाकर्षण भएको छ ।

पोखराको शहरी सौन्दर्यीकरण हामी सबैको साझा चासोको विषय हो जसका लागि हामी सबै पोबेलीहरु एक ठाउँमा उभिने पर्छ । पोखेलीहरुको साझा चासोको यो विषयलाई राजनितीक पार्टीहरुको धारणाले मात्रै सम्बोधन गर्न सक्दैन । यसैले पोखरालाई सुन्दर शहरको रुपमा विकास गर्नका लागि राजनैतिक पार्टीहरु र नागरिक समाजको साझा अवधारणा आवश्यक पर्ने हुनाले यस विषयमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि नेपाली कांग्रेस कास्की अनुरोध गर्दछ ।

शालिकको व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनी पोखरा महानगर पालिकावाट सार्वजनिक गरिएको उक्त सर्वपक्षीय निर्णयमा नेपाली कांग्रेस कास्कीको कुनै पनि किसिमको संलग्नता नरहेको व्यहोरा यसैसाथ सबैमा जानकारी गराउन चाहन्छु ।

जय नेपाल 

किशोरदत्त बराल

सभापति नेपाली कांग्रेस कास्की

थप पढ्नुहाेस्ः पोखराका चोकहरूमा रहेका सालिकहरू एक महिना भित्र व्यवस्थापन गरिने

कमेन्टहरु
Loading...