आँखा पाक्ने रोग बढेपछि पोखराका विद्यालय ३ दिन बन्द

गन्थन संवाददाता, पोखरा । पोखरा महानगरपालिकामा आँखा पाक्ने रोग बढ्दै गएका कारण रोकथामका लागि पोखरा महानगरपालिका भित्रका सबै विद्यालयहरु ३ दिन बन्द हुने भएका छन् ।

आँखा पाक्ने संक्रमित रोगलाई रोक्नका लागि महानगरले साउन २४ गते बुधबारदेखि साउन २६ गते शुक्रबारसम्म विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो ।

महानगरभित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेसरी स्कूलहरूलाई बन्द गर्न महानगरको शिक्षा शाखाले निर्देश गरेको हो ।

‘हाल पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा मानिसमा आँखा पाक्ने रोगले आक्रान्त पारिरहेको र उक्त रोगको प्रभाव विभिन्न विद्यालयहरूमा समेत परिरहेको साथै आँखा पाक्ने रोग आफैमा संक्रमित रोग भएकाले संक्रमणको चक्रलाई रोक्नको लागि पोखरा महानगरपालिकाको मिति २०८०।४।२२ गतेको महानगरपालिका प्रमुखको संयोजकत्वमा बसेको सरोकारवालाहरूको बैठकको निर्णयानुसार पोखरा महानगरपलिका अन्तरगतका सम्पूर्ण सामुदायिक संस्थागत र मन्टेसरी स्कूलहरूसमेत हिउँद र स्थानीय विदाबाट कट्टा हुने गरी मिति २०८०।०४।२४ गनेदेखि २०८०।०४।२६ गतेसम्म ३ दिन विदा दिने निर्णय भएकोले सोही अनुरूप विद्यालय बन्द गर्नु हुन सरोकारवाला सवैमा जानकारीको लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । साथै सबै विद्यार्थीहरूलाई परमा सुरक्षित तरिकाले बस्न लगाउने र अभिभावकलाई पनि संक्रमणबाट बच्ने सूचनामूलक सन्देश संप्रेषण गर्नु हुने समेत अनुरोध छ।’ –जारी सूचनामा लेखिएको छ ।

कमेन्टहरु
Loading...