सञ्चारको धर्मलाई बुझ्नुस्, कलम चलाएरै नेताहरुलाई सच्चाउनुस्ः खगराज अधिकारी

पोखरा । सञ्चारको धर्मलाई पत्रकारहरुले बुझ्नुपर्ने नेता खगराज अधिकारीले बताएका छन् ।

नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग गण्डकीको योजना तर्जुमा बिस्तारित बैठक एबम प्रचार कार्यशालामा नेता खगराज अधिकारीले यस्तो बताएका हुन् ।

सञ्चारको धर्मलाई बुझेर कलम चलाएरै नेताहरुलाई सच्चाउनुपर्ने अवस्था आएको नेता अधिकारीले बताए ।

गलत नेताहरुकै कारण देश डुब्दै गएको उनको भनाई थियो ।

‘हाम्रो राजनीतिक बिचार र आस्था जतासुकै होला तर देश र लोकतन्त्र नै रहेन भने हामी कहाँ पुग्छौं ।’ –उनले भने ।

साथै नेता अधिकारीले कलम चलाउनेले पनि हेक्का राख्नुपर्ने र आफुखुसी कलम चलाउन नपाइने उनको तर्क थियो ।

कार्यशाला पोखरामा दुई दिन सम्म चल्नेछ ।

कमेन्टहरु
Loading...