लायन्स क्लब अफ पोखरा ब्लु स्काईद्वारा पोखरा २३ मा बृक्षरोपण

पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काईले पोखरामा बृक्षरोपण गरेको छ । क्लबले शनिबार पोखरा महानगरपालिका वडा नं. २३ माझथुना स्थित सिद्धवराह बेद विद्याश्रम परिसरमा बृक्षरोपण गरेको हो ।

क्लबले उक्त परिसरमा निम, कडी पत्ता, सुन्तला, पारिजात, असोक, रुख कटहर, नवग्रह समिदा, बेललगाएतका विरुवा लगाइएको कार्यक्रमका संयोजक निर्मल पौडेलले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लबका बृक्षरोपण सम्वन्धि डिस्ट्रिक अफिसर अनिल लामिछानेले लायन्स क्लबले श्रावण र भदौ महिनालाई बृक्षरोपणको कार्यलाई विशेष प्राथमिकतामा राखेको बताए । संरक्षणलाई महत्व दिनुपर्ने बताउँदै सामाजिक कार्यमा अग्र स्थानमा लायन्स क्लब रहेको दाबी गरे ।

त्यस्तै क्लबका संस्थापक अध्यक्ष युवराज पौडेलले यस अघि सोही स्थान वरिपरि गरिएको बृक्षरोपणमा विरुवाको संरक्षण भएकोमा धन्यवाद ज्ञापन गरे । साथै उनले गोडमेलको लागि पनि क्लबले नै निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरि आश्रमका उपाध्यक्ष भेषराज पराजुली र सोही वडाकी जनप्रतिनिधि रिता सुनारले क्लबले गरेको राम्रो कामलाई धन्यवाद दिँदै राम्रा योजनाहरु फेरि पनि ल्याउन आग्रह गरे ।

क्लबका अध्यक्ष दिपकराज अधिकारीले संरक्षण गर्ने कर्तब्य सबैको भएको र क्लबका सदस्यहरुलाई यसतर्फ विशेष ध्यान दिन अनुरोध गरे ।

यसै क्रममा सोहि स्थानमा निर्माण हुन लागेको १०८ फिटको सिवको मुर्तीका लागि क्लबले १२ हजार १ सय ५ रुपैयाँ नगद समेत सहयोग हस्तान्तरण गरेको छ ।

कार्यक्रमको सञ्चालन क्लबका सचिव विरेन्द्र पौडेलले गरेका थिए ।

 

 

 

 

 

 

 

कमेन्टहरु
Loading...