पोखरा । पोखरा महानगरपालिका वडा नं.२८ मा बिहिबार बजार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा पोखरा २८ कालिका बजारको किराना पसल तथा होटल, ओख्लेका किराना पसल, सौर्य बजारका किराना पसल तथा होटल र रैकरका किराना पसल तथा होटलहरु गरी २५ वटा व्यवसायीहरुको पसलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा प्राय जसो पसलहरु दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएको र त्यस्ता व्यवसायीहरुलाई अनुमती लिएर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यलका नायव सुब्बा चेतराज आचार्यले जानकारी दिनु भयो ।
यसै गरी पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले विद्यालयको १०० मिटर वरपर धुम«पान तथा सूर्तीजन्य पदार्थको बेचविखन नगर्न व्यवसायीहरुलाई सचेत गराउँदै बैधानिक तरीकाले व्यवसाय सञ्चालन गर्दा व्यवसायीहरुले राज्यबाट पाउने सेवा सुविधाहरु पाउने र यसबाट व्यवसाय पनि राम्रो हुने बताउनु भयो ।
अनुगमनमा पोखरा महानगरपालिकाका तेजाखर लम्साल, स्वास्थ्य कार्यालय कास्कीका नर बहादुर सारु, सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष विकल केसी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राम प्रसाद तिमिल्सिना, पोखरा महानगरपालिका वडा नं.२८ का वडा सदस्य डाल्डा देवी भुजेल, जनज्योती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश अधिकारी, कालिका बोडिङ स्कुलका प्रिन्सिपल राजेश भण्ढारी , कालिका स्वास्थ्य चौकीका सिअहेव शोभा पौडेल लगायतको उपस्थिती रहेको थियो ।