क्यान्योनिङका क्रममा घाइते भएकी युवतीको मृत्यु

पोखरा । कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं. ९ घलेल स्थित पोखरा क्यान्योनिङमा क्यान्योनिङ गर्ने क्रममा घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. २६ बुढिबजार बस्ने २२ बर्षीया अन्जिता भण्डारी बुधबार क्यान्योनिङ (झरनाबाट झर्ने खेल) गर्ने क्रममा अचानक लड्न जाँदा घाइते भएकी थिइन् ।

उपचारका लागि मणिपाल अस्पतालमा ल्याएर चेकजाँज गर्दा बुधबारनै अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...