पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार पोखराका पाँचवटा औषधी पसल अनुगमन गरेको छ ।
प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको पृथ्वीचोकस्थित दुईवटा र महेन्द्रपुलस्थित तीनवटा औषधी पसल अनुगमन गरेको हो । टोलीमा सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
अनुगमनका क्रममा कतिपयमा सम्बन्धित जिम्मेवार व्यक्ति बाहेक अन्यले औषधी विक्री वितरण गर्ने गरेको, सरसफाईमा ध्यान नदिइएको, नविकरण नगरेका जस्ता कमजोरीहरू पाइएको प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिए । अनुगमन टोलीले औषधीको मूल्य सूची, म्याद नाघेका औषधीको व्यवस्थापन लगायतमा जानकारी लिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले समय समयमा जनसरोकारका विषय र क्षेत्रमा अनुगमन गर्दै आएको छ ।