अनेरास्ववियु कास्कीको २३औं सम्मेलन सम्पन्न, अध्यक्षमा सन्तोष निर्वाचित

पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्की जिल्लाकाे २३ औं सम्मेलन सम्पन्न भएको छ । ‘शैक्षिक व्यापारिकरणको अन्त्य, प्राबिधिक शिक्षाको सर्वशुलभता हाम्रो आह्वान’ भन्ने नाराका साथ भएको सम्मेलनले पदाधिकारी तथा सदस्यहरु निर्वाचित गरेको छ ।

जसमा सन्तोष पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा शिव पराजुली र कुशल बराल निर्वाचित भए । त्यस्तै सचिवमा विजय भुजेल र कोषाध्यक्षमा रवि क्षेत्री निर्वाचित भएका छन् । त्यसैगरि सहसचिवमा विवेश ओझा, रमिला पौडेल, अर्कीट पुरी र आशिष बगाले निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित पोखरेल यस अघि अनेरास्ववियु कास्की जिल्ला कमिटी संयोजक थिए ।

कमेन्टहरु
Loading...