संगठन विस्तारका लागि राप्रपाले दियो ९ सय नेतालाई भूगोलको जिम्मेवारी

काठमाडौं। राप्रपाले संगठन विस्तार गर्न भन्दै नौ सय नेतालाई भूगोलको जिम्मेवारी दिएर स्थानीय स्तरमा खटाएको छ ।

केन्द्रदेखि जिल्ला तहका नौ सय नेतालाई स्थानीय स्तरमा खटाउने गरी भूगोलको जिम्मेवारी दिइएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार भूगोलको जिम्मेवारी लिनेमा अध्यक्ष राजेन्द्र लिङ्देनसमेत छन् ।

 

देशभरका ७५३ स्थानीय तह र ६ हजार ६४३ वडा तथा प्रवासका लागि खटाइएका नेताहरुले ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए । उनीहरुले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित पेस गर्नुपर्नेछ ।

 

संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई जनताको घरदैलोमै पु¥याउने लक्ष्य लिएको राप्रपाले संठन विस्तार र सुदृढीकरणका लागि नेताहरुलाई खटाएको हो । तोकिएको जिम्मेवारीमा नजाने नेताहरू स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले धरान उपमहानगरपालिका, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १, डा. धवलशम्शेर राणाले नेपालगञ्ज, उद्धव पौडेलले विराटनगर, विक्रम पाण्डेले भरतपुर मोहन श्रेष्ठले गोरखा (भीमसेन, सहिद र लखन), ज्ञानेन्द्र शाहीले जुम्ला (तातोपानी, चन्दननाथ), रेखा थापाले सुन्दर हरैचा बेलबारीको जिम्मेवारी पाउँदा तीन वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणालाई भूगोल केन्द्रित जिम्मेवारी दिइएको छैन ।

तीन नेताबाहेक सबैलाई भूगोलको जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...