सहकारीको ऋण नतिर्नेलाई पोखरा महानगरको सेवा सुविधामा रोक्का गरिने

गन्थन संवाददाता, पोखरा । सहकारी संस्थाहरुबाट ऋण लिएर निर्धारित समयभित्रै साँवा व्याज नतिर्ने ऋणीलाई पोखरा महनगरपालिकाबाट प्रदान गरिने सेवा सुविधामा रोक लगाइने भएको छ । पोखरा महनगरपालिका सहकारी शाखाले विज्ञप्ती जारी गर्दै ऋण चुक्ता नगर्ने ऋणीलाई पोखरा महानगरको सेवा सुविधामा रोक्का गरिने र ऋण तिर्न नपर्ने भन्ने हल्ला चलाउनेलाई कठोर कानुनी कारवाही गरिने जनाएको छ ।

‘हाल यदाकदा समाजमा ऋण तिर्न नपर्ने वा नतिर्ने भन्ने जस्ता वित्तिय अराजकताहरु देखिएका छन् । कोहि कसैले आफुले लिएको ऋण तिर्नु नपर्ने कल्पना गरेको भएमा त्यो आफैका लागि प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न पोखरा महानगरपालिकाबाट हदै सम्म कठोर कानुनी कारवाही गरिने कुरामा स्पष्ट पार्न चाहन्छ । यसर्थ पोखरा महानगरपालिका नियमन क्षेत्रधिकार भित्रका सहकारी संस्थाहरुका सम्पूर्ण ऋणी सेयर सदस्यहरुलाई समयमै ऋणको साँवा, व्याज, किस्ता भुक्तानीका लागि पोखरा मनपा हार्दिक अनुरोध गर्दछ । निर्देशन विपरित कार्य गरेमा पोखरा महानगरपालिका सहकारी ऐन, २०७५ को दफा ६० वमोजिम जायजेथाबाट असुलीका लागि प्रकृया अगाडि बढाउनु का साथै पोखरा महानगरपालिकाद्धारा प्रदान गरिने सेवा सुविधा रोक्का गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’ –पोखरा महनगरपालिका सहकारी शाखाका दर्ता अधिकारी भरतराज पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस अघिकोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले ऋण असुलीमा सहयोग गरिदिन पोखरा महानगरपालिकाको सहकारी शाखालाई अनुरोध गरेको थियो ।

 

 

कमेन्टहरु
Loading...