राष्ट्रपतिको सहयोग निम्ती रु एक सहयोग संकलन अभियान

पोखरा । नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई सहयोगका निम्ती भनि रु एक सहयोग संकलन अभियान शुरु भएको छ ।

आज (बुधबार) पोखरामा राष्ट्रिय युवा संघ गण्डकी र अनेरास्ववियु गण्डकीको संयुक्त आयोजनामा सहयोग संकलन  गरिएको हो ।

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेपछि व्यंग्यात्मकरुपमा अभियान शुरु गरिएको हो ।

यो अभियान गण्डकी प्रदेशका ११ वटै जिल्लामा सञ्चालन भएको आयोजकले जनाएको छ ।

यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भन्दै आलोचना चौतर्फी भइरहेको छ ।

आफैले तिर्छु भनेको रकम पनि सरकारले नै तिर्ने निर्णय गरेपछि त्यसको विरोधस्वरुप रु एक सहयोग संकलन अभियान शुरु गरिएको युवा संघ र अनेरास्ववियुले जनाएको छ ।

कमेन्टहरु
Loading...