पत्रकारिता स्वच्छ, निष्पक्ष र तथ्यपरक हुनुपर्छ : मन्त्री साउँद

कैलाली । परराष्ट्र मन्त्री एनपी साउँदले पत्रकारिता तथ्यपरक, स्वच्छ र निष्पक्ष हुनुपर्ने बतएका छन् । पत्रकारिता कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि राष्ट्रको चौथो अङ्ग भएकाले पत्रकारले स्वच्छ र निष्पक्ष भएर पत्रकारिता गर्नु पर्ने बताएका हुन् ।

नेपाल प्रेस युनियन कैलालीको छैठौ जिल्ला अधिवेशनमा बोल्दै साउँदले आस्था, विश्वास र बिचारका हिसाबले पत्रकारहरू लगाव फरक भए पनि चरित्रका द्धृष्टिकोणले लोकतन्त्र माथिको पत्रकारको चिन्तनमा कुनै बेमेल नहुने बताए ।

सुदूरपश्चिममा पत्रकारिताको इतिहास धेरै लामो नभए पनि राष्ट्रिय पत्रकारितामा सुदूर पश्चिमका पत्रकारले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

कमेन्टहरु
Loading...