विपन्न वर्गलाई राज्यको मूलप्रवाहमा ल्याउनु पर्नेमा जोड

पोखरा । मुलुकको समृद्धिका लागि समाजका विपन्न वर्गलाई राज्यको मूलप्रवाहमा ल्याउनु पर्नेमा बिहीबार आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएको छन् ।

पोखरा महानगरपालिका वडा नं. १७ को आर्थिक सहयोग एवम् नारिशक्ती जागरण आमा समुहको व्यवस्थापनामा आयोजित अल्पसंख्यक, आदिवासी र सिमान्तकृत वर्गको लागि क्षेमता अभिबृद्धि कार्यक्रममा बोल्ने बक्ताले उक्त कुरामा जोड दिएका हुन् ।

पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै विभेद रहित समाज निर्माणमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् ।

समाजका विपन्न वर्गको क्षेमता अभिवृद्धि गर्दै आयआर्जनसंग जोड्ने खालका विविध कार्यक्रममा पालिकाकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले ज्ञान र सिपलाई व्यवहारमा उतार्न सकेमात्र तालिमले सफलता प्राप्त गर्ने बताइन् ।

गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले अन्पसंख्या, आदिवासी र सिमान्तकृत वर्गको हक अधिकार सुनिश्चितताका लागि तिनै तहका सरकार जिम्मेवार हुनु पर्ने आवश्यकता औल्याए ।

सञ्चारकर्मी हरि बास्तोलाले प्राकृतिक श्रोतलाई जिविकोपार्जनको मुख्य आधार बनाउँदै आएको वर्गलाई उत्पादनसंग जोडेर आम्दानीको बैकल्पिक श्रोतका रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा वडा सचिव मञ्जु ढुङ्गानाले सहभागिहरुलाई समाजका विपन्न वर्गको हक अधिकार, लैगिक हिंसा तथा पञ्जिकरणका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

समुहका अध्यक्ष प्यारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधादेवी लम्साल र सचिव पूर्णकला पोखरेल लगायतले समुहको सशक्तिकरणमा जोड दिए ।

कमेन्टहरु
Loading...