पाेखरा महानगरकाे सामाजिक विकास तर्फ ६ करोड ५० लाख बजेट

पोखरा । पोखरा महानगरपालिले सामाजिक विकास तर्फ ६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । महिला, बालबालिका, अल्पसंख्यक, सिमान्तकृत, अपांगता क्षेत्र, लैंगिक हिंसा लगायतका कार्यक्रम सञ्चालनका लागि ६ करोड ५० लाख बजेट विनियोजन गरिएको हो ।
पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट सार्वजनीक गर्दै आर्थिक वर्ष २०८०/८१ का लागि आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम सार्वजनीक गर्दै उपप्रमुखसंग महिला कार्यक्रम कोषमा थप दुई करोड रुपैयाँ जम्मा हुने व्यवस्था गरिएको बताइन् । महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउदै उद्यमशी बनाउने उदेश्यले यो कार्यक्रम सञ्चालन गदै आएको छ ।
विपन्न, एकल एवं लक्षित वर्गका महिलाहरुको उद्ययमशीलता विकासका लागि उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको उल्लेख गदै चक्रीय कोषका रुपमा उद्यमशील महिला दिदीबहिनीहरुलाई व्यवसायिक योजनामा आधारित लगानी रकम उपलब्ध गराउन बजेटको ब्यवस्था गरिएको हो । महिलाहरुलाई उद्यमशीलतासंगै अन्य आयआर्जनमा सहयोग गर्ने र सुलभ ब्याजसहित फिर्ता गर्ने कोषलाई आगामी दिनमा स्वचालित, सुदृढ र प्रणालीवद्ध बनाइने समेत बजेटमा उल्लेख गरिएको उपप्रमुख गुरुङले बताइन् ।
उपप्रमुखसंग महिला कार्यक्र्रम सञ्चालन कार्यविधि बनाएर सञ्चालन गर्दै आएको छ ।आर्थिक वर्ष २०८९/८० सम्म ६१९ जनालाई झण्डै ११ करोड रुपैयाँ लगानी भएको छ ।
लक्षित समुदायहरुमा दलित समुदायका, आदिबासीजनजाती,द्धन्द्ध प्रभावित परिवारका महिला, अपाङ्क महिला वा अपांग परिवार पाल्नुपर्ने महिला, मुस्लिम समुदायका, एकल महिलाहरु, महिला समुह, महिलाद्धारा सञ्चालित सहकारीहरुलाई ऋण प्रवाह गर्ने गरिएको छ । त्यस्तै उपप्रमुखसंग महिला कार्यक्रम मार्फत कानुनी सचेतना र शैक्षिक सहजता कार्यक्रम समेत सञ्चालन हुदै आएको उपप्रमुखसंग महिला कार्यक्रमका फोकल प्रसन मञ्जुदेवीले बताइन् ।
पोखरा महानगरपालिकाले समाजमा विकराल समस्याका रुपमा रहेको लैङ्गिक हिंसालाई न्यूनीकरण गर्न लैङ्गिक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धताः महिला पुरुष समसचेतना कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । बजेट तथा कार्यक्रममा यसलाई निरन्तता दिइएको उपप्रमुख गुरुङले बताइन् ।आगामी वर्ष सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास कार्यक्रम, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यक्रम र महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम संचालन गर्न बजेट व्यवस्था गरिएको छ ।
आपतकालीन अवस्थाका महिलाहरुको उद्धार, राहत र पुनर्स्थापना कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गर्न बजेट व्यवस्था गरिएको छ भने बालवालिकाको संविधान प्रदत्त हक, हित र अधिकारलाई सुनिश्चित गर्न, बाल संरक्षणलाई प्रभावकारी बनाउन वडातहसम्म गठन भई क्रियाशील बाल अधिकार समिति, बालमंच लगायतका संस्थाको विविध कार्यक्रम संचालन गर्न बजेटको प्रबन्ध गरिएको छ ।
बालमैत्री वडा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइने तथा मापदण्ड पूरा गरेका वडाहरुलाई बालमैत्री वडा घोषणा गर्न प्रेरित गरिने उपप्रमुख गुरुङले बताउनुभयो ।उहाँका अनुसार अपांगता भएका व्यक्तिले प्राप्त गरेको सुविधाको अध्ययन गरी अशक्त र अति अपांगता भएका वर्गलाई सहयोग केन्द्रित गर्न अध्ययन गरिने भएको छ ।
आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकहरुको सम्मानित र मर्यादित जीवनयापनका लागि वडा कार्यालय मार्फत कार्यक्रम सञ्चालन गरिने भएको छ । ६८ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई प्रति ज्येष्ठ नागरिक मासिक रु २०० का दरले पोषण भत्ता दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।यता लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित कार्यक्रम संचालन गरिने भएको भने विभिन्न धर्म जाति संस्कार र संस्कृतिको जगेर्ना गर्ने नीति लिइने बजेटमा उल्लेख छ । अति विपन्न दलित, गन्धर्भ, जलारी, कुमाल तथा सीमान्तकृत समुदायको सीप र क्षमता विकास गर्न एवं पेशा व्यवसायलाई सहयोग पुर्याउन बजेट व्यवस्था गरिएको छ । यस्तै सडक मानव व्यवस्थापनका लागि मानव सेवा आश्रमलाई सहयोग गर्न बजेट विनियोजन गरिएको छ । सामाजिक विकास तर्फ पोखरा महानगरले ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
कमेन्टहरु
Loading...