पोखरा । सनराइज बैंक बुढीबजार शाखाले पोखराको एक आधारभुत विद्यालयलाई खानेपानीको धारा निर्माण गरिदिएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा २७ मा रहेको कवि शिरोमणी लेखनाथ आधारभूत विद्यालयमा खानेपानीको धारा निर्माण गरि हस्तान्तरण गरेको हो ।
सनराईज बैंकले बिभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु आयोजना गरीरहेको र आफ्ना ग्राहकहरुलाई सेवा सुविधा उपलब्ध गराइरहेको बैंकका गण्डकी प्रदेश प्रमुख सुजन पौडेलले बताए ।
खानेपानी धारा जडान पश्चात घण्टौं हिडेर पानी परीपुर्ति गर्नुपर्ने बाध्यता हटेको र बिध्यार्थीहरुलाई खानेपानीको सहजता भएको बैंकको बुढीबजार शाखा प्रवन्धक सुदिप घिमिरेले जनाएका छन् ।