आशिर्वाद क्लब अफ नेपालको प्रथम अधिवेशन, अध्यक्षमा मनिष, इञ्चार्जमा रवि

गन्थन संवाददाता, पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ मा अवस्थित आशिर्वाद क्लब अफ नेपालको प्रथम अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएको  अधिवेशनले मनिष बरालको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । त्यस्तै अधिवेशनले उपाध्यक्षमा आर्सन बराल, सुशान्त बराल र अंकिता बराल चयन गरेको छ ।

सचिवमा अर्जुन बराल छन् भने इञ्चार्जको जिम्मा रवि बराललाई दिइएको छ । त्यस्तै समग्र विभाग प्रमुखमा सुरज पौडेल, संस्कृति विभाग प्रमुख सुशान्त पौडेल, खेलकुद विभाग प्रमुखमा अनिश बराल, स्वास्थ्य विभाग प्रमुखमा रुबी बराल, आइटी बिभाग प्रमुखमा ओजन बराल चयन भए ।

कोषाध्यक्षमा सोम गुरुङ चयन भएभने सहसचिवमा शिशिर बराल, दिनिशा लामिछाने र भिषण बराल चयन भए ।

कार्यसमिति सदस्यमा अशोक शाही, बबिता भण्डारी, निशा देवकोटा, गणेश बराल, बिजय बराल, रोशनी बराल, बिध्या बराल, मनिष बराल, विस्वास खनाल, सागर बराल, शशी छेत्री बराल, आयुश्का बराल, बिनायाक अधिकारी, आशिष बराल, संगम सुनार, कमल पौडेल, आयुष बराल, सन्देश सापकोटा, आशिष सिग्देल, सुजन बराल, बिनायक घामल, सक्रिय बराल, बिशाल भुजेल, चर्चित बराल, बिजय भुजेल, बिनिता बराल, कृष्ण बास्ताकोटी र बिजय (मनिष) बराल चयन भएका छन् ।

क्लबका संरक्षक दर्शन लामा र पोखरा महानगरपालिका वडा नं १३ की सदस्य रजनी परियार, संस्थापक इन्चार्ज विक्रम बराल, संस्थापक अध्यक्ष रवि बराल लगाएतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नयाँ समितिले संस्कृतिक पर्यटन विकासका निम्ति बृहत संस्कृति भजन प्रतियोगिताको आयोजना गर्ने, आर्वाको पहिचानमा टोवा पुराउने गरि दशै तिहार विशेष फुटबल प्रतियोगिता गर्ने, साँस्कृतिक साहित्यक साझ, आँखा सिबिर, स्लो बाईक रेसको निरन्तरता, आशिर्वाद भवन निर्माणका लागि पहल गर्ने, शैक्षिक स्तर उन्नतीका लागि विद्यार्थी लक्षित कार्यक्रम ल्याउने, स्थानीय विकासका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग, निगहरानी तथा खबरदारी गर्नेलगाएतको प्रतिवद्धता व्यक्त गरेको छ ।

 

कमेन्टहरु
Loading...