स्विमिङ पुलमा पौडी खेल्नेक्रममा पोखराका एक बालकको मृत्यु

पोखरा । पोखराको एक स्विमिङ पुलमा पौडी खेल्ने क्रममा बालकको मृत्यु भएको छ ।

पोखरा १६ स्थित मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्विमिङ पुलमा पोखरा ८ आलुमाइला चोक बस्ने १० वर्षका ऐनक्स थापाको पौडी खेल्ने क्रममा डुबेका थिए ।

दिप अस्पताल पोखरामा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...