पोखरा । पोखरामा पूर्व मेयर तथा नेकपा एमालेका नेता कृष्ण थापाले पोखराका मेयर धनराज आचार्यलाई व्यंग्य गरेका छन् । उनले पोखराका मेयरलाई विदेश यात्राको मोह रहेको आशय व्यक्त गरेका छन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत पोखराका मेयर आचार्यले एक वर्षमै ५ पटक विदेश यात्रा गरिरहदा पोखराबासीले मेयरबाट के आशा गर्नु भन्ने आशय व्यक्त गरेका हुन् ।
उनले लेखेका छन् ‘एक बर्षको धैर्यता पछि माहानगरको विविध विषयमा आफ्नो बिचार राखेको छु ! काठमाडौ मेयर बालेन यो एक बर्षमा एक पटक पनि बिदेश यात्रा गरेनन् ! तर वाहाले जनतालाई केहि आसा जगाउनु भएको छ ! पोखरा मेयर एक बर्षमा टिय, डिय खायर पाँच पटक बिदेश यात्रा गर्नु भयो ! भारत दुई पटक, थाइल्यान्ड, जापान र अहिले साइप्रस, पोखरा का बासिन्दामा के आसा जागेको छ ? आजको बिचार !’