सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

पोखरा । सत्यता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन भएको छ । ूरक्तदान जिवनदान जिवनदान महादानू भन्ने मूल नाराका साथ पोखरा २६ बिजयपुरमा कार्यलय रहेको सत्यता बचत तथा ऋण सहकारी संस्था लि।ले मंगलबार गरेको रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन भएको हो ।

सहकारीले आफ्नो १० ओै स्थापना दिवसको अबसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । सहकारीको प्राङणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले पहिलो रक्तदाता वसन्त वंजरालाई ब्लड ब्याक हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त अबसर थापाले मानिसको स्वास्थ्य संग जोडिएको र मानव जिबनको लागि अत्यावश्यक रगत संकलनको लागि सत्यता सहकारीले रक्तदान कार्यक्रम राखेर सामाजिक उत्तरदायित्वमा आफुलाई अब्बल साबित गरेको बताए ।

सहकारीका अध्यक्ष निकिता सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिलिङ्गे कृषि सहकारी संस्था लि. का अध्यक्ष्य ठाकुर प्रसाद रानाभाट, जागरूक समाज पोखरा–२६ का अध्यक्ष रामहरी ढुंगाना, नेपाली काङ्ग्रेस पोखरा– २६ का सभापती शिव बहादुर रानाभाट, राप्रपा पोखरा– २६ का अध्यक्ष टिकाराम अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका रानाभाट, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुमन भट्टराई, सहकारीका पुर्व अध्यक्ष खड्क वहादुर रानाभाट, सल्लाहकार चन्द्र गोपाल रानाभाट र नरभुपाल पौडेल लगायतले बोलेका थिए ।

उपाध्यक्ष गणेश राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिब प्रज्वल अधिकारीले गरेका थिए भने कार्यक्रम संयोजक नरेश पौडेलले कार्यक्रम सफल पार्न सहयोग हुने सबैलाई धन्यवाद व्यक्त गर्नु गरेका थिए । रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र पोखराका बरिस्ठ प्राबिधिक महेन्द्र केसी नेतृत्वको टोलीले प्राबिधिक सहयोग गरेको सहकारीले जनाएको छ ।

कमेन्टहरु
Loading...