सरकारको सिफारिसले १४ बर्ष अगाबै रेशम चौधरी रिहा

काठमाडौं । रेशम चौधरी भए ६ बर्ष पछि जेलमुक्त भएका छन् ।

 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनको बाँकी सजायँमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको भोलीपल्ट नै चौधरी जेलमुक्त भएका हुन् ।
टिकापुर नरसंहारको दोषी ठहर गरे पछि जेल जीवन बिताईरहेका चौधरी गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतलको फैसाला सदर गरे पछि उनी २०९४ सालसम्म जेल बस्नु पर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा जेलमुक्त गर्ने निर्णय लिए पछि उनी १४ बर्ष अगाबै जेलमुक्त भएका हुन ।

डिल्लीबजार कारागारवाट जेल मुक्त हुदाँ उनको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले फुल अबिरमाला गरेका छन् । उनकी पत्निसमेत रहेकी मन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगेकी छिन् । उनी २०७४ फागुनमा पक्राउ परेका थिए ।

कमेन्टहरु
Loading...