पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालिम 

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)द्वारा आयोजित डिजिटल मार्केटिङ सम्बन्धित दुई दिने तालिम सम्पन्न भएको छ ।
प्रविधिमैत्री व्यवसायका लागि मञ्चले आफ्नो संस्थामा आवद्ध ६० जना सदस्यलाई प्रविधिको प्रयोग गरि कसरी व्यवसायिक लाभ लिन सकिन्छ भन्ने विषयमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा प्रशिक्षण प्रदान गरेको हो  ।
समापन समारोह गण्डकी प्रदेशका प्रदेश सभा सदस्य देवका पहारीले प्रविधिको प्रयोग विना व्यवसाय सञ्चालन गर्न कठिन हुने जनाउँदै तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गरिन् ।  उनले लेकसाइडमा विभिन्न देशका पर्यटन आउने भएकाले उनीहरुको चाहाना अनुरुपको सेवा प्रदान गर्न साथै व्यवसायको बारेमा जानकारी दिन प्रविधि मैत्री व्यवसाय आजको आवश्यकता भएको बताइन् । उनले हरेकको हात हातमा मोवाइल फोन भएकाले यसलाई व्यवसाय प्रवद्र्धनकालागि प्रयोग गर्न उनको सुझाव थियो ।
कार्यक्रममा  पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रमा महिलाको योगदानको चर्चा गर्दै तालिमले प्रविधिमैत्री व्यवसाय सञ्चालनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका गण्डकी प्रदेशका प्रबन्धक नविन पोखरेलले परम्परागत मार्केटिङले अब व्यवसायले गति लिन नसक्ने भएकाले यसको महत्वलाई बुझ्न आग्रह गरे ।  पर्यटन क्षेत्रको विकासका लागि सृजनात्मक र रचनात्मकसँगै प्रविधिलाई पनि जोड दिनु पर्ने बताए । अहिलेको युग नै प्रविधिको युग भएकाले डिजिटल माध्यमबाट नै व्यवसाय प्रवद्र्धन गरेर व्यवसायिक लाभ लिनुपर्ने उनको भनाइ थियो ।
महिला पर्यटन व्यवसायी मञ्च पोखराका अध्यक्ष उमादेवी भण्डारीले पर्यटन क्षेत्रमा प्रभावकारी सेवा प्रवाहका लागि डिजिटल प्रविधिको मार्केटिङको आवश्यता महसुस गर्दै तालिमको प्रदान गरिएको बताइन् ।
कार्यक्रमा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, सल्लाहकार निर्मला कँडेल र सहभागिको तर्फबाट मिरा पौडेल र दमयन्ति भट्टराइ संस्थाको उद्देश्य र डिजिटल मार्केटिङका बारेमा आफ्नो धारणाहरु राखेका थिएभने उपस्थित सम्पूर्णलाई धन्यवाद तालिम संयोजक शुसिला भण्डारीले दिएकी थिइन् ।
तालिममा प्रविण अधिकारी, मनिस अमगाइँ र वर्षा भण्डारीले सहजिकरण गरेको तालिममा ६० जना पर्यटन व्यवसायी महिला सहभागी रहेको महासचिव लक्ष्मी लामिछानेले जानकारी दिइन् ।
कमेन्टहरु
Loading...