पोखरामा जिपको ठक्करबाट एक जनाको मृत्यु

गन्थन संवाददाता, पोखरा । पोखरामा जिपको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।

शनिबार राती करिब ९ः१० बजे पोखरा २५ हेमजा स्थित सुन्दरपुरी चोकमा बागलुङबाट पोखरातर्फ आउदै गरेको लु३च ५१२ नं.को जिपले ३० वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि पश्चिम क्षेत्रिय अस्पतालमा ल्याएपनि डाक्टरले मृत घोषणा गरेका थिए ।

मृत्यु हुने पुरुषको नाम, थर, वतन केही पनि नखुलेको हुँदा सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

जिप र जिप चालकलाई नियन्त्रण लिई थप अनुसन्धान अगाडी बढिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...