फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

पोखरा । पोखराको फेवातालमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १८ खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा कास्की अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक हाल पोखरा १४ चाउथे बस्ने ६३ वर्षीय मिन गुरुङको मृत्यु भएको हो ।

शनिबार अन्दाजी ४ः०५ बजेको समयमा गुरुङ डुबेपनि वडा कार्यालय बैदामको रेस्क्यु टोली, ससस्त्र प्रहरी बलको टोलीले खोजतलास गर्दा साँझ ७ः१५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...