पोखराको बेगनासतालमा मोटरबोट सञ्चालन

पोखरा । पोखरा महानगरपालिका वडा नं.३१ स्थित बेगनासतालमा मोटरबोट सञ्चालनमा ल्याइएको छ ।

आन्तरिक तथा वाह्य पर्यटकलाई केन्द्रीत गरी बेगनासतालमा चल्ने मोटरबोटको सञ्चालनको लागि बेगनासताल डुंगा व्यवसायी समितिले नेपाल सिप एण्ड बोट विल्डिङ नवलपुर गैंडाकोटबाट ५० लाखको लगानीमा मोटरबोट खरिद गरी सञ्चालनमा ल्याइएको बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष रबिराज कंडेलले जानकारी दिए ।

बेगनासताल डुंगा व्यवसायी समितिका २ सय ६५ जना सदस्यहरुबाट आर्थिक रकम संकलन गरी उक्त मोटरबोट खरीद गरिएको कंडेलले बताए । यस क्षेत्रको धार्मिक तथा पर्यटन विकास र तालमा हुन सक्ने भवितब्य घटनामा पर्ने पर्यटकको उद्धार गर्ने र यस क्षेत्रमा आर्थिक गतिविधिमा टेवा पुग्ने उद्धेश्यले मोटरबोट सञ्चालनमा ल्याइएको उनले बताए ।

अहिले बेगनासताल डुंगा व्यवसायी समिति र मत्स्य व्यवसायीको समन्व्यमा मोटरबोट सञ्चालन गरीने र यसले यस क्षेत्रमा आत्तरिक तथा वाह्य पर्यटकमा बुद्धि हुने पनि उनले विश्वास व्यक्त गरे ।

समग्र लेखनाथ क्षेत्रको पर्यटन विकासका लागि बेगनासताल सम्पत्ति हो । यस तालमा सञ्चालनमा आएको मोटरबोटको विषयका बारेमा प्रचारप्रसार गर्न सके अझ धेरै पर्यटक आउने कंडेलले बताए ।

मोटरबोटबाट सयर गर्दा सुरक्षालाई मध्येनजर गरी लाइफ ज्याकेटको व्यवस्था, रोइङ रिङ, थ्रो व्याक, चालक सहित अर्को मोटरबोटको व्यवस्था र चालकसँग कन्ट्रोल रुमबाट सञ्चार माध्यमबाट सम्पर्क गर्न सकिने व्यवस्था भएको पनि कंडेलले बताए ।

क्याप्टेन सहित २० जना सिट क्षमता भएको मोटरबोटबाट तालको सयर गर्ने पर्यटकको प्रति व्यक्ति ७ लाखको इन्सुरेन्स समेत गरिएको नेपाल सिप एण्ड बोट विल्डिङका अध्यक्ष लेखनाथ पौडेलले बताए ।

पोखरा घुम्न आउने पर्यटकहरुलाई बेगनासतालसम्म ल्याउन सके यहाँको पर्यटन विकासमा धेरै मद्दत पुग्ने स्थानीयले बताएका छन् ।

कमेन्टहरु
Loading...