नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र

गन्थन संवाददाता, पोखरा । नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र निर्वाचित भएका छन् । युनियनको १०औं अधिवेशनबाट मिश्रको अध्यक्षमा नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको हो ।

त्यस्तै उपाध्यक्ष खुला तर्फ बिजय लम्साल, उपाध्यक्ष महिला तर्फ ज्योती हमाल, सचिवमा धन वहादुर गुरुङ सुमन, सहसचिवमा सपना अधिकारी, कोषाध्यक्षमा निराजन अधिकारी निर्वाचित भए ।

त्यस्तै सदस्यमा सञ्जय आचार्य, अजय क्षेत्री, विवेक ढुंगाना, रोबर्ट घिमिरे, शिवप्रसाद न्यौपाने, अभिनन्दन बजिमय, प्रतिमा सापकोटा, दिपिका तामाङ, सविन विक र बल बहादुर रोका मगर छन् ।

कमेन्टहरु
Loading...