भुटानी शरणार्थी प्रकरण: ३२ जनाविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने प्रहरीको अध्ययन प्रतिवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ ।

 

सो प्रकरणमा १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले ३२ जनाविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष सिफारिस गर्दै अध्ययन प्रतिवेदन बुझाएको छ ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार १६ जना पक्राउ परे पनि १६ जना नै फरार रहेका छन् ।

कमेन्टहरु
Loading...