नव सिद्धार्थ सहकारीको स्थापना दिवसमा रक्तदान तथा स्वस्थ्य परिक्षण

पोखरा । नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नं ८ वगालेटोलमा रहेको नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले २१औ स्थापना दिवस को अवसरमा रक्तदान तथा स्वस्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको कार्यक्रमा संयोजक कुस्मा राणाले जानकारी दिइन् ।

सोहि अवसरमा आयोजित स्वस्थ्य परिक्षणमा १२५ जनाले स्वस्थ्य जाच गराएको तथा ४९ जनाले फुल वडि चेकअप गरेका सहकारीले जनाएको छ ।

सहकारीको वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान तथा स्वस्थ्य परिक्षण कार्यक्रम आयोजना गरीएको संस्थाका व्यवस्थापक खेमराज अधिारीले जानकारी दिए ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी स्थापना देखि निरन्तर सदस्यको हित र सामाजिक कार्यमा सक्रिय संस्था रहेको वताउदै सहकारीको वास्तविक मर्म नव सिद्धार्थले साकार पारेको भनाई राखेका थिए ।

संस्थाका अध्यक्ष भवानी श्रेष्ठ माकाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला, पोखरा मनपा वडा नं ४ का जनप्रतिनिधि पार्वती माकाजु , संस्थापक अध्यक्ष शान्ता श्रेष्ठ लगायतले आ-आफ्ना भनाई राखेका थिए ।

कार्यक्रम संयोजक कुस्मा राणाले स्वागत मन्तव्य राखेकी थिइन् भने शिक्षा उपसमिति संयोजक मिरा पराजुलिले सहकारी सिद्दान्त वाचन र सहसचिव डाल्डादेवि भुजेलले कार्यक्रम संचालन गरेकी थिइन् ।

 

कमेन्टहरु
Loading...