मुक्तिनाथ बैंकका ग्राहकलाई कास्की मोडल हस्पिटलमा विशेष छुट

पोखरा । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई पोखराको न्युरोडमा अवस्थित कास्की मोडल हस्पिटलमा विशेष छुट दिने भएको छ । बैंक र हस्पिटलबिच बैंकका ग्राहकलाई विशेष छुट पाउने गरि आज सम्झौता भएको बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन विशेष १०% सम्म छुट प्रदान गरेको हो ।

साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

कमेन्टहरु
Loading...