पोखरा । अनेरास्ववियुको ५९औं स्थापना दिवसको अवसर पारेर अनेरास्ववियु जिल्ला कमिटी कास्कीले विद्धाश्रममा फलफूल तथा विद्यालयलाई स्टेसनरी वितरण गरेको छ ।
पोखरा १७ स्थित पोखरा वृद्ध आश्रममा फलफूल तथा पोखरा १३ स्थित अमरज्योती आधारभुत विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण गरेको हो ।
अनेरास्ववियुले वृद्धाश्रममा २० किलो स्याउ, १५ किलो खर्बुजा, ८ दर्जन केरालगाएतका फलफूल वितरण गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीको उपस्थितिमा भएको अनेरास्ववियु कास्की जिल्ला कमिटी संयोजक सन्तोष पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार सोही दिन अमरज्योतीमा नेकपा एमाले कास्की जिल्ला कमिटी उपसचिव दर्शन लामाको उपस्थितिमा विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको थियो ।