कांग्रेसका पूर्वसांसद शेर्पाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

 

 

नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा शेर्पाले आज केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मा पुगेर आत्मसमर्पण गरेका हुन् ।

पक्राउ पुर्जी जारी हुनुअघि देखिनै फरार रहेका शेर्पाले आज प्रहरीसमक्ष आफैंले आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ ।

उनीविरुद्ध गत वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो । शेर्पा २०७० सालमा रामेछापबाट संविधान सभा सदस्य बनेका थिए ।

कमेन्टहरु
Loading...