गण्डकीमा मन्त्रिपरिषद् विस्तार, को–को भए मन्त्री ?

गन्थन संवाददाता, पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्री परिषद् विस्तार गरेको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रीपरिषद् विस्तार गर्दै कार्य विभाजन गरेका छन् ।

जसमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल, कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, आर्थिक मामिला मन्त्री जितप्रकाश आले र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा बनेका छन् ।

कमेन्टहरु
Loading...