पोखरामा जेब्राक्रसमा क्रेनले ठक्कर दिँदा महिलाको मृत्यु

पोखरा । पोखरामा जेब्राक्रसबाट बाटो काट्नेक्रममा क्रेनले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ ।

बिहीबार दिऊसो ठक्कर दिए पछि कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाचोकी ३८ बर्षिय धना अधिकारीको उचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

पोखरा ५ मालेपाटन विद्युत कार्यालय अगाडीको सडकबाट बाटो क्रस गर्न क्रममा क्रेनले ठक्कर दिएको थियो । अधिकारीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु पछि आफ्न्तले करिब ३ घण्टा पृथ्वीचोक महेन्द्रपुलका सडक अवरोध गरेका छन् । बाटो छेकेका आफ्न्त र प्रहरी बिच झडप पनि भएको छ ।

कमेन्टहरु
Loading...