पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानिको आयोजना तथा पोखरा महानगरपालिका वडा नं १२ को सहकार्यमा नेतृत्व तथा उद्घोषण कला सम्बन्धि तालिम सम्पन्न भएको छ । तालिम २ दिनसम्म भएको हो ।
उक्त तालिममा सामुदायिक सेवा केन्द्र माटेपानिका अध्यक्ष मिरा देवि आचार्यको अध्यक्षता एवं पोखरा महानगरपालिका वडा नं १२ का वडाअध्यक्ष सन्तोष बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा ६० जना महिला दिदि बहिनिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै १२का वडाध्यक्ष बास्तोलाले वडा कार्यालयले गर्नुपर्ने कार्यक्रमहरुलाई सामुदायिक प्रहरी सेवा केन्द्रले निरन्तरता दिईरहेकोमा खुसि ब्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
वडाका महिलाहरुलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले नेतृत्व विकास आवश्यक रहेको र सभा समारोहमा निर्धक्क आफ्ना कुरा राख्न यसले महत्वपूर्ण भूमिका खेल्ने विस्वास व्यक्त गरिन् ।
कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष ईन्दिरा पन्तले स्वागत मन्तब्य राख्दै कार्यक्रमको बारेमा प्रकाश पारिन् ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरिक्षक माधब कसीलगायतले आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रमको संचालन संस्थाका कार्यसमिति सदस्य बाबुराम सापकोटाले गरेका थिए ।