अरण्यज्योती कप क्रिकेट प्रतियोगिता जेठ १ गतेदेखि पोखरा रंगशालामा हुने

गन्थन संवाददाता, पोखरा । पोखरा रंगशालामा जेठ १ गतेदेखि ८ गते सम्म ‘लुम्बिनी विकास बैंक अरण्यज्योती कप २०८०’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

लुम्बिनी विकास बैंकको सहयोगमा अरण्यज्योती क्रिकेट क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

खेल क्षेत्रलाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष कमल थापाले जानकारी दिए । प्रतियोगितामा ८ टिमको सहभागिता रहने उनले बताए ।

थापाका अनुसार प्रथम र दोस्रो हुनेले क्रमशः ८० हजार र ४० हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई ५ हजार र ट्रफी प्रदान गरिने छ भने उत्कृष्ट वलर र उत्कृष्ट व्याटरले २ हजार पाँच सय र ट्रफी पाउनेछन् । प्लेयर अफ द म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

लुम्बिनी विकास बैंक लामाचौरका शाखा प्रमुख नविन तझ्याले बैंकले सामाजीक उत्तरदायित्वका काममा सहकार्य गर्दै आएको बताए । कार्यक्रम सफल भएमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्ध गरे ।

प्रतियोगिता खेलाडी उत्पादन गर्ने, खेलाडी र प्रशिक्षकले अध्यास गर्न पाउने थलो रहेको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको भनाइ थियो । बैंकको साथ र सहयोगबाट समग्र खेल क्षेत्रको विकास हुने बताए ।

पोखरामा अन्तर्राष्ट्रिय स्तरकाे क्रिकेट मैदानको आवश्यकता रहेको बरालले औंल्याए ।

कमेन्टहरु
Loading...