संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित

गन्थन संवाददाता, पाेखरा । संसदीय पत्रकार मञ्च गण्डकीको आज भएको अधिवेशनबाट अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् ।

मञ्चको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोहितराज पराजुलीलाई ४ मत अन्तरले पराजित गर्दै कोइराला आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । कोइरालाले १२ मत र पराजुलीले ८ मत ल्याएका थिए ।

मञ्चमा २२ सदस्य रहेका छन् । सर्वसम्मत हुन नसकेपछि मतदान प्रक्रियाबाट अध्यक्ष पद टुङ्ग्याईएको हो । मतदानमा २० सदस्यले भाग लिएका थिए ।

अन्य पदमा भने सर्वसम्मत चयन गरिएको मञ्चले जनाएको छ । उपाध्यक्षमा विसन क्षेत्री, सचिवमा तारा चापागाई र कोषाध्यक्षमा उमा आलेमगर चयन भए ।

त्यस्तै सदस्यमा ऋषि बराल, उमेश पुन, युवराज श्रेष्ठ, युनिस गुरुङ चयन भएको नवनिर्वाचित सचिव तारा चापागाईले गन्थनलाई बताइन् ।

९ सदस्य कार्यसमितिमा अपुग १ सदस्य पछि थप गरिने चापागाईले बताइन् ।

निर्वाचन समितिले भने आधिकारिक घोषणा गरेको छैन ।

कमेन्टहरु
Loading...