टेक्नोलोजीका २ लाख बढीले गुमाए रोजगारी, लिंक्ड इनले ७ सय कर्मचारी कटौती गर्दै

काठमाडौं । सामाजिक सञ्जाल कम्पनि लिंक्डइनले ७१६ कर्मचारी कटौती गर्ने जनाएको छ।

 

माइक्रोसफ्ट कर्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल लिंक्डइनले ७ सय भन्दा बढी कर्मचारी कटौती गर्ने जानकारी सोमवार दिएको हो ।

 

‘डिमान्ड वेभर्सको रूपमा यो कटौती गरिनेछ र साथै  चीन केन्द्रित रोजगार आवेदन पनि बन्द हुनेछ’ उसले भनेको छ ।

२० हजार बढी कर्मचारीहरू भएको लिंक्डइनले गत वर्षको अवधिमा त्रैमासिक राजस्व बढाएको थियो तर यसले कमजोर विश्वव्यापी आर्थिक दृष्टिकोणको बीचमा कामदारहरूलाई हटाउनु परेको जनाएको छ ।

 

लेअफ्स डट फाईका अनुसार विगत छ महिनामा विश्वव्यापी भरीका २ लाख ८ हजार बढी बिज्ञान प्रबिधिमा कार्यरतहरु कर्मचारीले राेजगारी गुमाएका छन् ।

 

कमेन्टहरु
Loading...