एन प्याव्सन कास्कीको दुइ दिने शिक्षक प्रशिक्षण कार्यक्रम

पोखरा । नेशलन प्याव्सन कास्कीको आयोजनामा दुई दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

दुई दिनको प्रशिक्षण कार्यक्रममा एन प्याव्सनमा आवद्ध विद्यालयका करिव ६ सय ५० जना शिक्षक शिक्षिका सहभागिता रहेको थियो । तालिममा कक्षा १ देखि १० सम्मका विषयगत शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।

नया पाठ्यक्रमको वारेमा सहजिकरणसँगै शिक्षण पद्धती र मुल्याड्ढन पद्धतीका विषयमा रहेर तालिमको आयोजना गरिएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए।

गणित, अंग्रेजी, विज्ञान, समाजिक र नेपाली विषयका शिक्षक शिक्षिकालाई तालिम दिइएको कार्यक्रम संयोजक सञ्जय पौडेलले जानकारी दिए। तालिममा प्रा.डा. लक्ष्मण ज्ञावली, नारायण खतिवडा, नवराज पाठक, युवराज गौतम, एम.एस साउद, प्रा.डा. रमेश भट्टराइ, तारानाथ बराल, जयप्रकाश श्रीवास्तवले सहजिकरण गरेका थिए।

कार्यक्रममा बोल्दै एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष यामबहादुर खड्काले तालिमले शिक्षण पद्धतीमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

एन प्याव्सन गण्डकीका अध्यक्ष रामबहादुर मोचीले हरेक विद्यार्थीमा फरक फरक क्षमता हुने भएकोले एउटै पद्धतीको सिकाइले विद्यार्थीमो क्षमता अभिवृद्धी गर्न नसकिने बताए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा.रमेश भट्टराई, शिक्षक विष्णुहरी पौडेल, एन प्याव्सन कास्कीका सचिव मनकाजी गुरुङले बोलेका थिए।

कमेन्टहरु
Loading...