पोखरा । गण्डकी प्रदेश सभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले राखेका विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले अस्विकृत भएसँगै उनी पदमुक्त भएका छन् ।
अधिकारीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा एमालेका २२ जना सांसद र राप्रपाका २ जना गरी २४ जना सांसदले पक्षमा मत राखे ।
त्यस्तै नेपाली काँग्रेसका २७ र माओवादी केन्द्रका ८ जना गरी ३५ जना सांसदले भने विश्वासको मतकाे विपक्षमा मत राखेका थिए ।