पोखरा । पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहाल स्थित डम्पिङ साइडमा बुलडोजर पल्टिदा एक जना मानिसको मृत्यु भएको छ ।
फोहोर व्यवस्थापन गर्ने क्रममा अचानक अनियन्त्रीत भई डोजर पल्टिन जाँदा सोही डोजरका चालक पोखरा रामबजार बस्ने अन्दाजी ६०–६२ वर्षका मुसाफिर दासको मृत्यु भएको हो ।
दासको बुलडोजरले च्यापिई मृत्यु भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।