पोखरा । अञ्जुली आवासीय माध्यामिक विद्यालय र न्यू ग्यालेक्सी इंगलिस सेकेण्डकरी वोर्डि· स्क्ूलको संयुक्त आयोजनामा दुइ दिने शिक्षक तालिम सम्पन्न भएको छ ।
शिक्षण अभ्यासलाई गुणस्तर वनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको न्यू ग्यालेक्सी इंगलिस सेकेण्डकरी वोर्डि· स्कूलका संस्थापक निर्देशक राजु कायस्थले जानकारी दिए । तालिममा ३२ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।
तालिममा पूर्ववाल्यकाल शिक्षा, वाल विकास तथा मस्तिष्क विकास, कक्षा व्यवस्थापन, सिकाई तौरतरिका, पाठ्ययोजना र पाठ्यक्रम मूल्या·न सम्वन्धित विविध विषयमा प्रशिक्षण दिईएको थियो ।
तालिममा कल्पवृक्ष एजुकेशन फाउण्डेशनकी निर्देशक प्रतिक्षा गौतमले सहजिकरण गरेकी थिईन् ।
‘शिक्षण अभ्यास मार्फत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि यो तालिम आयोजना गरिएको हो’ अञ्जुली आवासीय माध्यामिक विद्यालयका संस्थापक निर्देशक राजु केसीले भने,‘ शैक्षिक गुणस्तर वृद्धिका लागि तालिम कोषेढु·ा सावित हुने छ ।’
यस अघि तालिमको उद्घाटन गर्दै नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले शैक्षिक गतिविधिलाई चुस्त वनाउनका लागि यस्ता तालिमको खाँचो रहेको बताए ।
हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा. रामजी शर्माले सिकाइ कहिल्यै नसकिने बताउँदै समय अनुकलको शिक्षा प्रदान गर्न तालिम आवश्यकता रहेको बताए । अञ्जुली र न्यू ग्यालेक्सीले वेला वेलामा शिक्षकहरुलाई तालिम प्रदान गर्दै आएको छ ।