आमाको थोत्रो सारीसँग लाज मान्नेहरुलाई मातृ दिवसको शुभकामना

कृति भट्टराई ।  

कुरा हिजोको हो । वरिपरिका साथीहरु जम्मा भई कुराकानी गर्दै थियौँ । एक्कासी अनुपले प्रश्न गर्यो, ‘अँ , साच्ची आमा औंशी आउदै छ , के उपहार दिने होला है ?’ म एक विद्यार्थी थिए, कुनै जागिर, भत्ता खाएकै थीइन । आमासँग पैसा मागेर आमालाई नै उपहार दिनु सार्थक हो जस्तो मलाई लागेन । तर साथी भाई बिच गफ लाउन भने छोडेकी थिइन । मैले साथीहरुलाई भने आफू त एकै चोटि ठूलो उपहार दिने आमाको लागी ।

आज सम्म बाबू आमाको नाम बाट चिनिएकी छु तर आगामी दिनमा भने आफ्नै नामबाट मेरा बाबा आमा चिनाउने धोका छ । मेरा सामाजिक कामहरुले आमालाई ‘अँ हो हाम्री छोरी’ भनेर समाजमा गर्वको अनुभुती होस् भन्ने चाहेकी छु । तर यति भनिरहदा पनि आफै अनभिज्ञ थिए , जिन्दगी कसरी चलाउनी भनेर अनि सामाजिक कसरी बन्ने भनेर ।

सबैले आ–आफ्ना कुराहरु राख्दै थिए । मेरो छेवैमा रहेकी रुपाले भनिन् सबै आमाहरु भगवान हुन् । सहभागीहरु “सबैले हो मा हो मिलाएर कुरा गरि रहेका थिए” । तर मेरो मनमा नानाथरी कुराहरु खेल्न थाले । आमा शब्दको यसरी गुनगान सुनिरहँदा पनि किन मेरि दिदी सासुले यस्तो भन्नू भो, उस्तो भन्नू भो भनेर रुदै आएकी होलिन्, किन पत्रपत्रिकामा सासुद्वारा बुहारीको हत्या, बुहारीलाई मलमुद्र खुवाइयो नामकको हेड्लाइन देख्नु परेको होला ? किन वृद्धआश्रम नामका संस्थाहरु खोलिएका होलान् ? किन एक महिला आमालाई नै बौसीको आरोप लगाइएर कुट्पिट गरिएको होला ? भित्र मनमा जे कुरा खेले पनि साथीसङ्गीको कुरामा समर्थन गरिरहेकी थिए ।

छोराछोरीको खुशी नै मेरो खुशी भन्ने आमाले आफुले रोजेको, मन पराएको केटा र केटिसँग अन्तरजातीय बिहे गर्दा जिन्दगी भर सम्पर्क विहिन हुने मेरी छिमेकी अन्टिलाई आउदै गरेको आमा औंशीमा कसरी शुभकामना दिउ ?

ज्वाईले छोरीलाई माया गर्दा खुशी हुने तर, छोराले बुहारीलाई उसै गरि प्रेम गर्दा आपत्ति हुने पल्ला घरे साइली आमालाई निश्चल, सफा मन भएको आमा भनेर कसरी पुकार गर्ने । छोरा र छोरी बीच भेदभाव गरेर कसैलाई काखा र कसैलाई पाखा गर्ने ठुलिआमालाई कसरी सम्बोधन गरु ? पेटमा छोरी हुर्किदै छ भन्नी थाहा पाए पछि विभिन्न औषधी प्रयोग गरेर गर्भपतन गर्ने मेरि सानिमालाई म छोरीले कसरी शुभकामना दिदै फोटाहरु पोस्टाउँ ?

ज्वाईले छोरीलाई माया गर्दा खुशी हुने तर, छोराले बुहारीलाई उसै गरि प्रेम गर्दा आपत्ति हुने पल्ला घरे साइली आमालाई निश्चल, सफा मन भएको आमा भनेर कसरी पुकार गर्ने । छोरा र छोरी बीच भेदभाव गरेर कसैलाई काखा र कसैलाई पाखा गर्ने ठुलिआमालाई कसरी सम्बोधन गरु ? पेटमा छोरी हुर्किदै छ भन्नी थाहा पाए पछि विभिन्न औषधी प्रयोग गरेर गर्भपतन गर्ने मेरि सानिमालाई म छोरीले कसरी शुभकामना दिदै फोटाहरु पोस्टाउँ ?

यी शब्दहरु लेखिरहदा मैले आमाहरु दुष्ट हुन भन्न खोजेकी हैन । तर, आमा दुःखीको भण्डार हुन् भन्न पनि हिच्किचाउदिन म । यहाँ आफ्नो शरिर बिगारेर च्यातेर पाएका छोराछोरीले हेला गरिरहदा कस्को मन रुदैन होला । बजारमा शहरिया भएर बसेका छोराछोरी वर्षमा एकदिन पनि आमाबाबा भेट्ने फुर्सद निकाल्न नसक्नीले क्षणिक मुतको न्यानो जस्तै औसिको दिन फोटो पोस्टाउनु र खानेकुरा पठाउनु अर्थहीन जस्तै लाग्छ । सम्पत्तिको लालचमा आफ्नै आमा बाबालाई हत्या गरेको पनि सुनियो, श्रीमतीको आग्रहमा आफ्नै बाबा आमालाई वृद्ध आश्राम छोड्ने छोरा पनि देखियो अनि यत्रो नाटकमञ्चन किन ?

कतै देखिरहेकी हुन्छु जन्म दिने आमा बाबा बुढा भए पछि स्याहार सुसार गर्न पर्दा झोक्किनी, गाली गर्ने छोराछोरीहरु । विगतमा आफुलाई गरेको त्यो माया ममता भुलेर चट्ट्कै माया मार्न सक्ने कस्तो मन ? कसैको रहर हुदैन आफू अशक्त हुने । कहिले काहीँ नबुझेर, नजानेर केही बोल्दा आमालाई हासोको पात्र बनाउनेहरु छोराछोरी पनि यो समाजमा मैले भेटेकी छु । यो कुरा लेखीरहदा मनमा कता कता म आफै आमालाई खुसी बनाउन चुकेकी त छैन ? कता हामी पनि गाउँमा भएका आमा बाबालाई बिर्सिएका त छैनौ ?

“कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

उल्लेखित संस्कृत श्लोकले आमा अर्थात मातृ महिमा बोकेको छ । छोराहरु खराव हुन सक्छन् तर एक आमा आफ्ना सन्तान प्रति कहिल्यै खराव हुन सक्दिनन् । कृष्णपक्षको औंसी यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।

अहिले समाजमा देखावटी प्रेम हैन, साचो प्रेम गर , आफुलाई दुख गरेर हुर्काएको नभुलौं, आमाको थोत्रो सारीसङ्ग लाज नमानौं । आफु भोकै रहेर पेट पालिदिएकी जन्म दिने कर्म दिने आमाहरुलाई कहिल्यै भोको नबनाऔँं, मातातीर्थ औंसीको अवसरमा सबै आमाहरुमा हार्दिक नमन ।

कमेन्टहरु
Loading...