पाेखरा । विश्व टेनिसकै उच्च स्पर्धा ग्राण्ड स्लाम खेल्ने लक्ष्य लिएका पोखरेली खेलाडी अभिषेक बाँस्तोला । हाल उनी अमेरिकामा व्यवसायिक टेनिस खेल्दै आएका छन् । हामी उनलाई आइटीएफ र युनिभर्सल टेनिस रेटिङ प्रोफेशनल सिरिज लाइभमा टेनिस खेल्दै गरेको देख्न सक्छौं ।
१३ वर्षकै उमेरदेखि अन्र्तराष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेका उनले हालसम्म विभिन्न १४ राष्ट्रमा आयोजित टेनिस प्रतियोगिता खेलिसकेका छन् । आइटीएफ रेङ्कीङमा १७९० मा पुग्दा यो उनको उच्च स्थान रहयो ।
अभिषेकको अबको लक्ष्य ओलम्मिक र ग्राण्ड स्लामनै हो । सन् २०२० मा अमेरिकाको क्यालिफोर्नियाँस्थित सेण्ट मेरिज कलेजबाट स्नातक गरेका अभिषेकले सो कलेजमा रहँदा सिङगल तथा डबल्सतर्फ विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाए । त्यस अघि मियामीस्थित ए एस ए जुनियर कलेज र टेक्साजस्थित युनिभर्सिटी अफ टेक्साजबाट एक एक वर्ष सम्म टेनिस खेलेका थिए ।
अमेरिकामा आयोजना हुने कलेजस्तरिय प्रतियोगितामा सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा लिइने एनसिएए को डिभिजन वान मा सहभागि भई त्यहाँबाट माथिल्लो स्तरका टेनिसमा छनौंट भएका अभिषेकको आगामी यात्रा सफल बनाउन सरोकार राख्ने पक्ष लाग्नुपर्ने नेपाल टेनिस संघका अध्यक्ष विनोद कायस्थको भनाई छ ।
८ वर्षकै उमेरबाट टेनिस खेल्न शुरु गरेंका उनले टेनिस खेल्नका लागि बुवा अनुज बाँस्तोलालाई टेनिस कोर्ट सम्म पु¥याउँथे । टेनिस शुरु गर्दाखेरीकै जोश र जाँगर आज १५ वर्ष पछि पनि उनमा उस्तै देखिन्छ । आफ्नों जन्म टेनिस खेल्नकै लागि भएको हो जस्तो अभिषेकलाई लाग्छ । उनलाई यो स्थान सम्म पु¥याउने अभिभाभकको भूमिंका सम्झन लायक छ ।
बुवा अनुज बाँस्तोला यो भुमिंका निर्वाह गर्न आफुहरुले जस्तो जान्यो उस्तै गरेको बताउँछन् । अन्र्तराष्ट्रिय सर्किटमा नम्बर पाउनका लागि खेलिने टेनिस अत्यन्तै महंगो हुन पुग्दछ । यस्तोमा मात्रै एउटा परिवारले आर्थिक व्यवस्थापन गर्नु चुनौंतीपूर्ण हुन सक्दछ ।
नेपालकै प्रतिनिधीत्व गर्दै यो लेवलको टेनिस खेल्दै आएका अभिषेक वास्तवमा राष्ट्रकै गहना हुन् । उनको उच्च कदर हुनुपर्ने प्रदेश खेलकुद परिषद गण्डकीका कार्यवाहक अध्यक्ष ध्वजकुमार गुरुङ्गको भनाई छ ।