पाेखरा । स्वतन्त्र शैक्षीक परामर्श संघ नेपाल गण्डकी प्रदेशको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्त सञ्चार सेवा, कास्कीको प्राबिधिक सहयोगमा आइतबार खुल्ला रक्तदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम पोखरा महानगरपालीका वडा नं. ९ महेन्द्रपुल चोकमा आयोजना भएको थियो । ‘रक्तदान जीवनदान, जीबनदान महादान’ भन्ने मुल नाराका साथ आयोजना गरीएको उक्त कार्यक्रममा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा फेकन गण्डकी प्रदेश समिती सदस्य रबि बहादुर बिकले जानाकारी दिए ।
कार्यक्रम स्वतन्त्र शैक्षीक परामर्श संघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष संजय सुबेदीको अध्यक्षतामा सञ्चालन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी दिपेन्द्र मर्सानीले रक्तदान पुण्यको काम भएको र यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको कुरा ब्यक्त गर्दै संस्थालाई कार्यक्रम आयोजना गरेकोमा धन्यबाद ज्ञापन गरेका थिए ।
त्यसैगरी शैक्षिक परामर्स संघ नेपाल, कास्की जिल्ला अध्यक्ष रमेश थापा तथा भाषा संघ नेपालका केन्द्रिय अध्यक्ष पूर्ण चन्द्र नेउपाने, नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्त सञ्चार सेवा, कास्कीका प्रमुख अर्जुन ज्ञावालीलगाएतले संस्थाले सफलतापुर्वक कार्यक्रम सम्पन्न गरेकोमा बधाई तथा आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।
त्यसैगरि संस्थाले बहन गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर नव बर्षको अबसरमा यस कार्यक्रम आयोजना गरीएको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने कुरा कार्यक्रम सञ्चालक तथा संस्थाका सचिब बिस्नु प्रसाद अधिकारीले बताए ।
साथै सोहि कार्यक्रमको अबसरमा नया बर्षको उपलक्षमा संस्थाले २०८० सालको भित्तेपात्रो बिमोचन समेत गरेको छ ।