पोखरा जेसीसको ४९ औं स्थापना दिवस सम्पन्न

पोखरा  । पोखरा जेसीसले आफ्नो ४९ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा वर्ष २०२३ का लागि आफ्नो साझेदारी सस्थाका रुपमा विभिन्न सघं सस्था विच साझेदारी पत्र हस्ताक्षर गरि प्रमाण पत्र हस्तान्तरण गरियो ।

कार्यक्रममा शुभकामना दिदै प्रमुख अतिथि जेसिआइ सिनेटर नारायण शर्माले जेसिस अभियानले थुप्रै युवा नेतृत्व र उद्यमी लाई सफल र स्थापित बनाएको बताए।

जेसिआइ सिनेटर एवम वर्ष २०२१ का अध्यक्ष ई।किरण केसीले जेसिस वर्ष २०२३ को नेतृत्वलाई योजनावद्घ भएर ५० औं वर्ष रजत महोत्सव भव्यताका साथ मनाउने गरेर काम गर्न आग्रह गरे । अर्का सिनेटर सुबास सिग्देलले जेसिस नितान्त युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै युवालाई देशमै स्थापित गराउने सस्था भएकाले सस्थामा राजनिती नल्याउन सचेत गराए ।

निवर्तमान अध्यक्ष मिनराज खड्काले नव प्रबेशी युवाहरुलाई शुभकामनाका साथ वधाइ दिदै सक्रिय भएर जसिस अभियानमा लाग्न आग्रह गरे । उनले कर्पोरेट पाटनर सस्थालाई बधाइ दिदै एकआपसको व्यवसायमा साथ , सहयोग र सहकार्यका साथ अगाडी वढ्न आग्रह गरे ।

कर्पोरेट पार्टनरको तर्फबाट मन्तव्य राख्दै रेडियो सफलताका स्टेशन म्यानेजर मधु अधिकारीले एक आपसमा सहकार्य गर्दै जेसिस अभियानमा सहभागी हुने प्रतिवद्वता गरे । कार्यक्रममा छिमेकी जेसिसको तर्फबाट लेखनाथ जेसीसका चन्द्र प्रकाश ढुङ्गाना ,जेसी मिना कुमारी थापा लगाएतले शुभकामना मन्तब्य राखे ।

समारोहमा जेसिसका गतिबिधी समेटिएको जेसिस त्रैमासिक बुलेटिनको बिमोचन पनि गरिएको थियो । पोखरा जेसीसका वर्ष २०२३ का अध्यक्ष गणेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सन्जय पौडेल , धन्यवाद ज्ञापन कार्यक्रम संयोजक विजय बराल र संचालन महासचिब कमल राज पराजुलीले गरेका थिए । सन २०२३ का लागि जेसीस नारा परिवर्तनका लागि प्रशिक्षित नेता रहेको छ ।

कमेन्टहरु
Loading...